काठमाडौं, जेठ १९
युुकेको ख्यातीप्राप्त रेमिट्यान्स कम्पनी गुुवाभा लिमिटेड र सिटी एक्सप्रेस मनीट्रान्सफरबिच रेमिट्यान्स कारोबार सुरु भएको छ । युके मात्र नभई टर्की, बाँकु, एस्टोनिया, रिगा र सेन्ट् पिटर्सबर्गस्थित उपभोक्ताहरूले गुवाभा–पेको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् । नेपालमा सिटी एक्सप्रेससँग आबद्ध सात हजार पाँच सयभन्दा बढी एजेन्टहरूबाट सजिलै भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने छ ।
उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र गुवाभा लिमिटेडको तर्फबाट निर्देशक तथा सेयरधनी ओर्खान नासिओभले हस्ताक्षर गरेका छन् । सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १३ वर्षदेखि कोरिया, जापान, कतार, साउदी, कुवेत, मलेसिया, अष्ट्े«लिया आदि थुप्रै देशहरूमार्फत विप्रेषण सेवा प्रदान गर्दैे आइरहेको छ । आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका सात हजार पाँच सयभन्दा बढी भुक्तानी काउन्टरहरूबाट छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुिवधाहरू प्रदान गर्दै आइरहेको छ ।