काठमाडौं,नेपाल नागरिक उड्डयन प्राधिकरणले आर्थिक संकटबाट उठ्न नसकेको गुण एयरलाइन्सलाई जहाज लिलामीको चेतावनी दिएको छ ।

समाचार स्रोतका अनुसार एयरलाइन्सले करिब ६ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको छ । एयरलाइन्स प्राधिकरणले एक वर्षअघि गरेको वित्तिय अडिटमा फेल भएको थियो । त्यसपछि एयरलाइन्सलाई उडान संचालनमा प्रतिबन्ध लगाएको थियो ।