काठमाडौं । एलजी इलेक्ट्रोनिक्स (एलजी)ले हालै कोरियन स्ट्यान्डर्ड एसोसिएसनबाट एआई प्रबन्धन प्रणाली सर्टिफिकेसन प्राप्त गरेको छ । यो सर्टिफिकेसनले एलजीको एआई प्रयोग गरिएका घरेलु उपकरणमा जिम्मेवारपूर्ण तवरले एआई म्यानेजमेन्ट गरिएको र डेटा सुरक्षालाई प्राथमिकता दिएको देखाउने कम्पनीले जनाएको छ ।
एआई प्रबन्धन प्रणाली प्रमाणीकरणमार्फत, एलजीले ग्राहकको विश्वास बढाउन र आफ्नो प्रतिस्पर्धात्मकतालाई बलियो बनाउने लक्ष्य राखेको छ । गत वर्ष, स्वतन्त्र सुरक्षा विज्ञान कम्पनी यूएलद्वारा वासिङ मेसिन र ड्रायरको लागि सम्मानित हुँदै एलजीले डिप लर्निङ एआई प्रमाणीकरण प्राप्त गर्ने पहिलो गृह उपकरण निर्माताको रूपमा आफूलाई अलग प्रमाणित गरेको थियो । साथै, एलजीले कोरिया इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीबाट एआईमा आधारित एलजी वासटावरका लागि एआई सेफ्टी सर्टिफिकेसन प्राप्त गरेको छ । एलजीले नेपालमा केही वर्षदेखि एआई सम्मिलित उत्कृष्ट उत्पादनहरू भित्र्याएर ग्राहकको उच्चतम सन्तुष्टि हासिल गरिरहेको दाबी गरेको छ ।