ललितपुर : ललितपुरको गोदावरीमा जारी कांग्रेसको महासमिति बैठकमा देशले प्राप्त गरेको संघिय लोकतान्त्रीक गणतन्त्र उल्टाउन हस्ताक्षर अभियान चलेको छ । बैठकमा कांग्रेसकै महत्वपूर्ण योगदानबाट प्राप्त भएको धर्म निरपेक्षा सहित संघिय लोकतान्त्रीक गणतन्त्रलाई उल्टाएर हिन्दू राज्य कायम गर्ने भन्दै हस्ताक्षर अभियान चलाइएको हो । कांग्रेसको महासमिति बैठकको बन्दसत्र शुरु हुँदैछ । सोमबार उद्घाटनसत्रसँगै सकिएको महासमितिको बैठक आज पुन शुरु गर्न लागिएको कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ । बैठकमा छलफलका लागि पाँचवटा प्रतिवेदन पेस हुन लागेका छन् । बैठकमा पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रस्ताव पेस हुन लागेको छ । यस्तै पार्टीका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतद्वारा प्रस्तुत आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रस्ताव र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्ताव पेस गर्न लागेको पार्टीका सूचना, सञ्चार तथा प्रचार विभागका संयोजक मीनबहादुर विश्वकर्माले जानकारी दिए । यहि बैठकबाट हिन्दूराष्ट्र पारित हुने गरि हस्ताक्षर अभियान चलाएर प्रतिगामी चलखेल अगाडी बढाइएको हो ।