काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न मंगलबारदेखि सुरु हुँदैछ । पार्टीको केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा बैठक बस्दैछ ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबका कार्यसूची तथा समसामयिक प्रस्ताव रहेको जानकारी दिए ।
बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । साथै बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणामा छलफल हुनेछ । यही फागुन १० गतेसम्म बैठक सञ्चालन हुनेछ ।