काठमाडौं । महिला लघुवित्तले फागुन २७ गते हुने वार्षिक साधारणसभा प्रयोजनका लागि फागुन १५ गते एक दिन सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । यसअनुसार अब फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरू मात्रै साधारणसभामा सहभागी हुन पाउनेछन् ।
लघुवित्तले फागुन २७ गते मंगलबार काभ्रेपलाञ्चोकको धुलिखेलस्थित हिमालयन दृश्य रिसोर्टमा बिहान ११ बजे छैटौँ वार्षिक साधारणसभा डाकेको छ । साधारणसमामा लघुवित्तले लाभांश वितरणको प्रस्ताव भने लगेको छैन । साधारणसभाले आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदन र वित्तीय विवरण पारित गर्नेछ । यस्तैे, संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने चार जना सञ्चालकहरूको चयन गर्नेछ ।