गुण्डागर्दीको पृष्टभूमिबाट राजनीतिमा प्रवेश गरेका सत्तारुढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका गणेश लामाले व्यापारिलाई अपहरण गरेको खुलासा भएको छ । उनले ई कर्मस वेबसाइट ग्यापु डटकमका सञ्चालक ज्ञानेन्द्र खड्कालाई अपहरण गरेको भन्दै उनी बिरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ ।
लामासहितको गिरोहले आफूलाई ललितपुरको ढोलाहिटीस्थित आदर्श टेलबाट अपहरण गरेर लन्डन हाउस होटलमा लगेर बन्धक बनाएको जाहेरिमा र समाजिक संजालमा बताएका छन् । क्रिप्टोको कारोबार नेपालमा अबैध भएको र व्यावसायी खड्काले क्रिप्टोको कारोबार गरेर अर्बा रकम कमाएको हुनसक्ने आकलन गरेर उनलाई पैसाको प्रलोभनमा अपहरण गरेको बुझिएको छ ।