काठमाडौं । आइएमई पेले आईजीआई प्रिडेन्सियल इन्स्योरेन्ससँगको सहकार्यमा ‘स्मार्ट हेल्थ– सुरक्षित भव’ नामक नयाँ बीमा सुविधा सार्वजनिक गरेको छ । आइएमई पेमार्फत प्राप्त गर्न सकिने यो सेवाबाट व्यक्तिगत दुर्घटना बीमाअन्तर्गत बीमित व्यक्ति र तिनका परिवारले आकस्मिक चोटपटक वा मृत्युसम्मको अवस्थामा उच्चतम आर्थिक सुरक्षा पाउनेछन् ।
कम्पनीका अनुसार तीन सय ६५ रुपैयाँमा प्राप्त गर्न सकिने यो सेवामार्फत उपचारको क्रममा लाग्ने दुई लाख तीस हजार रुपैयाँसम्मको बीमा दाबी प्राप्त गर्न सकिनेछ । साथै, बीमित व्यक्तिले आइएमई पे एपमा उपलब्ध अन्य स्वास्थ्य सेवामा पनि विभिन्न छुटहरू प्राप्त गर्न सक्ने छन् । यस व्यक्तिगत दुर्घटना बीमाले दुर्घटनाबाट हुने आकस्मिक मृत्यु, स्थायी असक्षमता, कुल आंशिक असक्षमता, नियमित आम्दानीमा हुने हानि, आकस्मिक चिकित्सा खर्च, शोक व्यय तथा अन्त्येष्टि खर्चहरू समेत समेटेको छ । डिजिटल फाइनान्सियल सर्भिसमार्फत बीमाको दायरालाई थप फराकिलो बनाउन सकिने र यो सेवा उक्त कार्यमा एउटा कोशेढुंगा साबित हुने आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए ।