काठमाडौं, जेठ २०
आरएसडीसी लघुवित्त वित्तीय संंस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा पाँच करोड ४३ लाख ८६ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा चार करोड २८ लाख २६ हजार रूपैयाँ रहेको थियो । चुक्ता पुँजी ६७ करोड १५ लाख २३ हजार रूपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा तीन अर्ब १० करोड ६० लाख ७८ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा नौ करोड ६१ लाख ७१ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा ७३ लाख ७५ हजार रूपैयाँ प्रोभिजन रकम रहेको छ भने शून्य दशमलव १६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा भने संस्थाले दुुई अर्ब २९ करोड ४२ लाख ११ हजार रूपैयाँ कर्जा प्रवाह गरेको संस्थाको खुद ब्याज आम्दानी आठ करोड ३४ लाख ५० हजार रूपैयाँ रहेको थियो । उक्त अवधिमा एक करोड ३९ लाख ८५ हजार रूपैयाँ प्रोभिजन गरेको संस्थामा शून्य दशमलव ३० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।