काठमाडौं । विद्युतीय सवारी साधनको क्षेत्रमा नेपालकै शीर्षस्थान ब्रान्ड बन्ने उद्देश्यका साथ बुटवलको कालिका एस (सेल्स, सर्भिस र स्पेयर पार्टस्) सोरुम स्थापना गरेको हो । नेपालमा सेरेस ईभीहरूको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटो कर्पले बुटवलमा डिलरसिपका लागि ईएम मोटर्ससँग साझेदारी गरेको छ । सोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथा उत्साही र सम्भावित ग्राहकहरूलाई सेरेस ईभीको अन्वेषण गर्ने हबको रूपमा काम गर्ने कम्पनीको दाबी छ । सो सोरुमको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, नाडा रुपन्देहीका अध्यक्ष गणेश भट्टराई, एमएडब्लु वृद्धि अटोकर्पका बिजनेस हेड प्रसन्न पन्त, ईएम मोटसका डाइरेक्टर राजेश घिमिरेलगायतले संयुक्तरूपमा उद्घाटन गरेका थिए ।
रुपन्देहीमा इलेक्ट्रिक चारपाङ्ग्रे सवारी साधनको माग बढ्दै गएको भन्दै रुपन्देहीमा सेरेस गाडी लोकप्रिय हुने कम्पनीको विश्वास छ । साथै, सोरुम उद्घाटनको अवसरमा एक जनालाई ईएम मोटर्सले सेरेस थ्री ईभी गाडी समेत हस्तान्तरण गरेको छ ।