काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेवा विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियानअन्तर्गत आफ्ना ग्राहकहरूलाई चितवन र तनहुँमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा ग्राहकहरूको आवस्यकतालाई ध्यानमा राखी प्रविधिमैत्री लघुवित्त सेवा सुविधा, एसएमएस तथा मोबाइल बैंकिङ, बचत खाता, कर्जा तथा बीमालगायत बैंकिङ क्षेत्रका विविध आयामबारे जानकारी गराइएको थियो । यस अभियानबाट स्थानीय तहमै वित्तीय सुविधाबारे चेतना तथा पहुँच पुर्याउने उद्देश्य रहेको चैनपुर अनुगमन कार्यालय चितवनका प्रमुख सरोज पण्डितले बताए । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सात वटा वाणिज्य बैंक र एकवटा विकास बैंकबाट संयुक्तरूपमा प्रवर्द्धन गरी नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रही ६४ जिल्लामा एक सय ४९ शाखा कार्यालयमार्फत लघुवित्त सेवा प्रदान गरिरहेको छ ।