काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत छन सोङ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता तथा विदेश विभाग प्रमुख झलनाथ खनालबीच मंगलबार बिहान खनाल निवास डल्लुमा शिष्टाचार भेटघाट भएको छ ।

भेटका अवसरमा भेटमा सहभागी विदेश विभाग सचिव डा. शङ्कर खतिवडाले उनीहरूबीच समसामायिक राजनीतिक परिस्थिति, आपसी हित तथा नेपाल चीन सम्बन्धका विविध विषयमा कुराकानी भएको जानकारी दिए ।