काठमाडौं । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इन्क प्रालिले ‘नेपाली अब युरोकपमा स्किम’ सार्वजनिक गरेको छ ।
कम्पनीले युनियन अफ युरोपियन फुटबल एसोसिएसनले आयोजना गर्न लागेको युरो कप २०२४ सा नेपालीहरूलाई सहभागी गराउनका लागि यो स्किम ल्याएको जनाएको छ । साथै, बीवाईडी युरोकपको अधिकृत ई–मोबिलिटी पार्टनर समेत रहेकाले फुटबलप्रेमीहरूका लागि यस स्किम ल्याइएको कम्पनीको भनाइ छ । यस स्किमले जर्मनीमा गई प्रत्यक्षरूपमा युरोकपका रोमाञ्चक खेलहरू हेर्ने मौका दिनेछ ।
युरोकप जुन १४ देखि जुलाई १४ सम्म जर्मनीका १० विश्व–प्रसिद्ध स्टेडियमहरूमा हुनेछ । कम्पनीका अनुसार ११ भाग्यशाली विजेताहरूले आफैँ उपस्थित भई फुटबल खेलको प्रत्यक्षरूपमा मनोरञ्जन लिने अवसर पाउनेछन् । युरोकपका लागि युनियन अफ युरोपियन फुटबल एसोसियसन र बीवाईडीबीचको यो सम्झौता च्याम्पियनसिपको इतिहासमा भएको महत्वपूर्ण साझेदारी रहेको कम्पनीको दाबी छ ।