काठमाडौं,नेपालीहरुलाई प्रयोग गरेर क्यासिनो प्यालेसको अन्डरग्राउन्डमा अनलाइन जुवा खेलाउने तथ्य सार्वजनिक भएको छ ।दरबारमार्गस्थित क्यासिनो प्यालेसको अन्डरग्राउन्डमा जुवा खेलाउने ९ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर भएको छ । सरकारी वकिल कार्यालय काठमाडौंले ९ जना विरुद्ध १ करोड ८ लाख रुपैयाँ माग दाबी सहित मुद्दा दायर गरेको हो ।
प्रतिवादीहरुमध्ये अधिकांश फरार रहेको खुलासा भएको छ । प्रहरीले माघ १९ गते भारतीय नागरिक ऋषक पावा,गुलाब सिंह,गौरव चोप्रालाई नियन्त्रणमा लिएको थियो । त्यस्तै भारत घर भएका तरुन खत्तर,अशोक कुमार क्षेत्रपाल,बलदेव राज अरोरा,मुकेश गुलाटी र पानदुरांग नायकलाई फरार प्रतिवादी बनाइएको छ ।
धनुषा घर भएका विनयकुमार साहलाई पनि फरार प्रतिवादी बनाइएको छ । भारतीय नागरिकको योजनामा नेपालीहरुलाई प्रयोग गरेर क्यासिनो प्यालेसको अन्डरग्राउन्डमा अनलाइन जुवा खेलाउने तथ्य सार्वजनिक भएको छ ।