काठमाडौं । सेयर बजार परिसुचक (नेप्से) दुई हजार बिन्दुबाट तल झरेको छ । अघिल्लो दिन झिनो अंकले ओरालो लागेको बजार परिसुचक नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार २८ दशमलव ६८ अंकले ओरालो लागेर १९ सय ७२ दशमलव शुन्य नौं बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ७९ अंकले ओरालो लागेर तीन सय ५१ दशमलव ६५ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय नौं वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ४८ हजार तीन सय ४९ पटकको कारोबारमा ७४ लाख ४६ हजार नौं सय ९१ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज दुई अर्ब ५९ करोड ८७ लाख ३७ हजार दुई सय २८ रुपैंयाँको सेयर किनबेच भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहरुको सेयर कारोबार भएका छन् । जसमध्ये सबैभन्दा बढी जीवन बीमा उपससमुहको सुचक ओरालो लागेको छ । उक्त समुहको सुुचक एक सय ३१ दशमलव ९८ अंकलेओरालो लाग्दा होटल तथा पर्यटन उपसमुहको सुचक एक सय १६ दशमलव ७० अंकले ओरालो लागेको छ भने निर्जीवन बीमा उपसमुहको सुचक पनि ७२ दशमलव ७० अंकले ओरालो लागेको छ ।