कपिलवस्तु । कपिलवस्तु जिल्लाको बहादुरगन्ज र मर्यादापुरबाट भन्सार छली अवैध रूपमा निकासी भएका दुई लाख बराबरको कपडा चेकजाँचको क्रममा बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
कृष्णनगर नगरपालिका(८ बाट एक लाख ३० हजार मूल्य बराबरको कपडा वरिष्ठ सई शिव कुमार वलीको कमान्डमा खटिएको इलाका प्रहरी कार्यालय बहादुरगंजको प्रहरी टोलीले बरामद गरेको हो । सुट, टिसर्ट, सुरुवाल, कुर्ता पिकअप जिपमा लुकाएर ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।
यशोधरा गाउँपालिका(७ मर्यादापुरबाट अन्दाजी मूल्य ७० हजार पर्ने ५० थान साडी बरामद भएको प्रहरीले जनाएको छ । बरामद भएका कपडाहरू कृष्णनगर र सुठौली भन्सार कार्यालयमा पठाइएको छ ।