काठमाडौँ । राष्ट्रियसभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दलको प्रमुख सचेतकमा भगवती न्यौपानेलाई मनोनयन गरेको छ । राष्ट्रियसभाका प्रमुख सचेतकमा एमालेका सङ्घीय संसदीय दलका नेता केपी शर्मा ओलीले उनलाई आइतबार मनोनयन गरेका हुन् ।
भोलि सोमबार फागुन २१ गतेदेखि लागू हुनेगरी एमालेको संसदीय दलको विधान–२०७७ बमोजिम प्रमुख सचेतकमा आफूलाई पार्टी अध्यक्ष ओलीले मनोनयन गरेको उनले बताइन् । राष्ट्रियसभामा पार्टीका तर्फबाट प्रमुख सचेतक रहेका भैरवसुन्दर श्रेष्ठको कार्यकाल आइतबार समाप्त भएकाले सांसद न्यौपानेलाई मनोनयन गरिएको हो । एमाले केन्द्रीय सदस्य न्यौपाने तनहुँबाट राष्ट्रियसभामा प्रतिनिधित्व रहेकी छिन् ।