नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बालुवाटारमा बसिरहेको छ ।संक्रमणकालीन न्याय,सत्ता गठबन्धन लगायतका विषयमा छलफल गर्न बालुवाटारमा बैठक बसिरहेको माओवादी केन्द्रका एक नेताले बताएका छन् । विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक बसिरहेको बुझिएको छ ।