गठबन्धनमा आबद्धदलहरुको बैठक स्थगित भएको छ । वर्तमान कांग्रेस नेतृत्वको सत्ता गठबन्धनको बैठक बालुवाटारमा सोमबार बिहान तय भएको भएपनि आन्तरिक बिवादका कारण सत्ता गठबन्धनको बैठक स्थगित हुन पुगेको बुझिएको छ । गएराती माओवादी र एमालेसहितका दलहरुबीच संक्रमणकालीन न्याय र राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा मिलेर जाने समझदारी बनेपछि वर्तमान सत्ता गठबन्धन विघटनउन्मुख बनेको बुझिएको छ । समाचार स्रोतका अनुसार गठबन्धनको बैठक स्थगित भएपछि राजनीतिक नयाँ कोर्सको सुरु हुन लागेको बताईएको छ ।