काठमाडौं, जेठ २१
स्पर्श लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक करोड ७९ लाख ६७ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा ६० लाख ३९ हजार रूपैयाँ रहेको थियो । चुक्ता पुँजी नौ करोड ३७ लाख ४८ हजार रूपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा २३ करोड तीन लाख ८३ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब दुुई करोड ३० लाख २० हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा चार करोड ६९ लाख ३९ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ७९ लाख ५४ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ३३ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने संस्थाले १३ करोड ८८ लाख १६ हजार रूपैयाँ निक्षेप संकलन गरी ७५ करोड ३८ लाख ८३ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुुई करोड २४ लाख ६३ हजार रूपैयाँ खुुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम २८ लाख ८२ हजार रूपैयाँ रहेको थियो । उक्त अवधिमा भने संस्थामा शून्य दशमलव ४५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।