काठमाडौं । माउन्टेन इर्नर्जी नेपाल लिमिटेडले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही चैत्र १३ गते काठमाडौंको नक्साल भाटभटेनीस्थित आम्रपाली बैंकेटमा आफ्नो १० औं वार्षिक साधारणसभा गर्न लागेको हो ।
वार्षिक साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट १५ प्रतिशतका दरले हुन आउने २९ करोड ५२ लाख चार हजार ५० रुपैंयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७८ प्रतिशतका दरले हुन आउने एक करोड ५५ लाख ३७ हजार पाँच सय ७३ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि कम्पनीको यही फागुन ३० गते एक दिनको लागि कम्पनीको सेयर दर्ता किताब बन्द हुनेछ ।