काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले लाभांश वितरणको घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९–८० को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई पाँच प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीका अनुसार घोषित लाभांशमध्येमा चार दशमलव ७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव पाँच प्रतिशत नगद लाभांश रहेको छ । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैठकले गरेको उक्त प्रस्ताव नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणको स्वीकृतिपश्चात कम्पनीको २८ औँ वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउने छ ।
चुक्ता पुँजी एक अर्ब ३७ करोड ६१ लाख २२ हजार दुई सय ६० रूपैयाँ रहेको कम्पनीको बोनस सेयर वितरणपश्चात चुक्ता पुँजी एक अर्ब ४४ करोड रुपैयाँको हाराहारीमा पुग्नेछ ।