काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरू प्रदान गर्ने क्रममा सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार भन्ने नाराका साथ सात वर्षको लागि स्थिर रहने गरी नौ दशमलव ९९ प्रतिशतमा घर कर्जा योजना सार्वजनिक गरको छ । सात वर्षपछि भने बैंकको प्रचलित औसत मासिक आधार दरभन्दा एक प्र्रतिशत बढीको प्रिमियम दर लागू हुनेछ । कर्जा रकमको शून्य दशमलव ५० प्रतिशत व्यवस्थापन शुल्क लाग्ने बैंकले जानकारी दिएको छ ।
घर कर्जाअन्तर्गतका अन्य सुविधामा निःशुल्क क्रेडिट कार्ड, डेबिट कार्ड र पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत सर्तसहितको छुट रहेको छ । बैंकले हाल देशैभर फैलिएका आफ्ना एक सय ९० वटा शाखा, एक सय ५२ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाईबाट १७ लाख २६ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आप्mनो सेवा प्रदान गर्दै आएको बैंकले यसै आर्थिक वर्ष थप पाँचवटा शाखाहरू विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने लक्ष्य लिएको जानकारी दिएको छ ।