काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले थप दुई स्थानबाट शाखारहित बैंकिङ सेवाको शुभारम्भ गरेको छ । बैंकले गण्डकी प्रदेशअन्तर्गत तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिका–६, हुस्लाङ र बन्दिपुर गाउँपालिका–६, साराङ्गघाटमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यी दुई नयाँ शाखारहित बैंकिङ सेवाको सञ्चालनसँगै बैंकका शाखारहित बैंकिङ सेवाको संख्या दुई सय ७७ पुगेको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको तीन सय ५४ वटा शाखा कार्यालय, तीन सय ७९ वटा एटीएम, दुई सय ७७ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्र रहेका छन् ।
ग्लोबल आइएमई बैंकलाई सबैका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधासहितका योजनामार्फत आफ्ना ४६ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।