काठमाडौं,सेयर बजारको उकालो यात्रामा ब्रेक लागेको छ । अघिल्लो दिन एक सय १७ अंक अर्थात छ प्रतिशतले बढेर एक घण्टामा नैं तीन पटक पोजेटिभ सर्किट ब्रेक लागेर पुरै दिनको लागि कारोबार बन्द भएको थियो । तर साताको तेस्रो कारोबार दिन आज मंगलबार भने बजार परिसुचक नेप्से ७० दशमलव ३१ अंकले ओरालो लागेर दुई हजार सात दशमलव ६९ बिन्दुमा खुम्चिएको छ । अघिल्लो दिन १९ अंकले बढेको क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि आज ११ दशमलव ९७ अंकले ओरालो लागेर तीन सय ५७ दशमलव ३० बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय १६ वटा कम्पनीहरुको ६९ हजार दुई सय आठ पटक सेयर किनबेच भएको छ । जसबाट आज एक करोड १४ लाख ६७ हजार पाँच सय ९९ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार चार अर्ब ११ करोड ३६ लाख ७६ हजार नौं सय ५८ रुपैंयाँ पुग्न सफल भएको छ ।
धितोपत्र बजामा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये सामुहिक लगानी कोष उपसमुहको सुचक झिनो अंकले उकालो लागेको छ भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त, अन्य, ट्रेडिङ सहितका १२ वटै समुहहरुको सुचक ओरालो लागेका छन् ।