विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशमा रहेका करारका कर्मचारीको म्याद थप गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले मोरङ र झापामा हालै भएको आगलागीमा परी जलनमा परेका बिरामीको उपचार खर्च व्यहोर्ने, सामाजिक विकास मन्त्रालयले पेस गरेको ‘एजेन्डा’ स्वीकृत गर्नाका साथै सोही मन्त्रालयले अन्तर प्रदेश खेलकुद प्रतियोगिताका लागि माग गरेको बजेट दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले राससलाई जानकारी दिए ।
सरकारका प्रवक्ता रहुेका मन्त्री राईले प्रदेशको नामकरणका विषयमा सङ्घर्ष समितिसँग सरकारले वार्ता गरिरहेको र वार्तामा आएका विषयमा छलफल गरी निर्णय गरेको जानकारी दिए ।