काठमाडौं । मेरिना इम्पेक्सले यस वर्षको बेस्ट टेलरिङ अवार्ड पाएको छ । सोह्रौँ कर्पोरेट बिजनेस अवार्ड प्रदान गर्न काठमाडौंमा आयोजित समारोहमा मेरिना इम्पेक्सलाई ‘बेस्ट टेलरिङ अवार्ड,२०८०’ प्रदान गरिएको हो ।
बेस्ट टेलरिङ अवार्डले ग्राहकमैत्री सेवाका लागि थप प्रेरित गरेको मेरिना इम्पेक्सका अर्जुन बस्नेतले बताए । ग्राहकको चाहनालाई बुझेर विगत ४० वर्षदेखि स्तरीय सर्टिङ सुर्टिङ तथा टेलरिङ सेवा दिँदै आएको र गुणस्तरमा सम्झौता नगर्ने भएकाले मेरिना इम्पेक्सले ग्राहकहरूको विश्वास जितिरहेको उनले बताए । काठमाडौंको न्युरोड, बागबजार, सामाखुसी र गाबहाल पाटनमा रहेका चार शाखाबाट सेवा दिँदै आएको मेरिना इम्पेक्स विभिन्न व्यापारिक र शैक्षिक संस्थाहरूका युनिफर्मका लागि समेत परिचित छ ।