काठमाडौं । सरकारमा सहभागी हुने चार जना गृहमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले टुंगो लगाउने निर्णय गरेको छ ।

रास्वपाले पाउने चार मन्त्रालय र पार्टीबाट पठाउने व्यक्तिको चयन भएको पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले जानकारी गराएका हुन् ।