काठमाडौं । भाटभटेनी सुपरमार्केटको २७औँ आउटलेट झापाको दमकमा खुलेको छ । कम्पनीले बुधबार दमकमा भाटभटेनी सुपरमार्केट उद्घाटन गरेको हो ।
सुविधाजनक सुपरमार्केटमा किनमेल गर्ने दमकवासीको चाहनालाई सम्मान गर्दै भाटभटेनी समूहले आफ्नो सेवा विस्तार गरेको हो ।
उद्घाटनका दिन हरेक सामानमा विशेष छुट दिइएको कम्पनीले जनाएको छ । ‘ग्राहकको सन्तुष्टि हाम्रो लक्ष्य’ नाराका साथ अघि बढेको भाटभटेनी सुपरमार्केट देशभरका ग्राहकले रुचाएको किनमेल गन्तव्यमा पर्छ । भाटभटेनीमा घरायसी आवश्यकताका सबै सामान पाइन्छन् । संघीय राजधानी रहेको काठमाडौं उपत्यकामा दर्जनभन्दा बढी सुपरमार्केट सञ्चालन गरिरहेको भाटभटेनीका सुपरमार्केटहरू देशका सबैजसो प्रमुख सहरहरूमा खुलिसकेको छ । नेपालमा डिपार्टमेन्टल स्टोर संस्कृतिको विकासमा समेत अग्रणी योगदान रहेको भाटभटेनी सुपरमार्केटमा ताजा तरकारी र फलफूलदेखि विश्वविख्यात ब्रान्डसमेतका गरी एक लाख ५० हजार थरी वस्तु पाइन्छ ।