गुल्मी । प्रेस चौतारी गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा (एमाले) केन्द्रीय उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अहिले देखिएको आर्थिक सङ्कटबाट मुलुकलाई टार्न नयाँ गठबन्धन सरकारले काम गर्ने बताएका छन्।
पूर्व मन्त्री थापाले माओवादी र काँग्रेसबिचको गठबन्धन भत्किनुको कारण आर्थिक सङ्कट भएको बताएका हुन्। लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ लुम्बिनी प्रदेशको तम्घासमा हुने अधिवेशनलाई सम्बोधन गर्न आएका उनले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन जरुरी रहेको बताए ।
उनले मुलुकको विकासका लागि राजनीतिक स्थिरता अनिवार्य रहेको भन्दै देशलाई आर्थिक सङ्कटबाट मुक्त गर्नका लागि यस अघि नै एमालेले अभियान सञ्चालन गरी प्राप्त भएका सुझावहरू सहित सरकारलाई ज्ञापन पत्र बुझाएको बताए।