काठमाडौ । नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन थम्प्सनले नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन् ।
मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले आइतबार मन्त्रालयमा भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको जानकारी दिए । भेटमा अमेरिकी सहयोगमा नेपालमा सञ्चालित विकास परियोजना समयमै सम्पन्न गर्नेलगायत विषयमा छलफल भएको थियो ।
सो अवसरमा नेपालमा लगानीमैत्री वातावरण भएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले आगामी वैशाखमा हुन लागेको लगानी सम्मेलनमा अमेरिकी लगानी भित्र्याउनका लागि आग्रह गरे । साथै उपप्रधानमन्त्री श्रेष्ठलाई राजदूत थम्सनले बधाई तथा शुभकामना दिएका थिए ।