काठमाडौं, जेठ २२
ओप्पोले एण्ड्रोइड १०मा आधारित आफ्नो अधिकारिक सञ्चालन प्रणाली कलरओएस७का लागि रोलआउट प्लानको घोषणा गरेको छ । अप्रिल महिनादेखि नै ओप्पोका प्रयोगकर्ताहरुले कलरओएस सेवेनको आधिकारिक भर्जन प्राप्त गरिरहेका छन् भने रनो, फाइन्ड र ए सिरिजलगायत थप उपकरणहरु (२० भन्दा बढी ओप्पोका स्मार्टफोन मोडल)मा पनि यो प्रयोगका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सन् २०१९को नोभेम्बरमा घोषणा गरिएदेखि नै कलरओएस सेवेनका लागि विश्वभर बाटै ओप्पोका प्रयोगकर्ताहरुले सकारात्मक प्रतिक्रिया दिँदै आइरहेका छन् । इन्फाइनाइट डिजाइन, तीव्र र स्मुथ पर्फरमेन्स, सुदृढ सुरक्षा र सोलुप, फोकस मोडलगायत अत्याधुनिक फिचर्सका साथमा यो सञ्चालन प्रणाली उपलब्ध गरिएको छ ।
रोलआउटका बारेमा बोल्दै, ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत, बबी ट्राओले भने, ‘कलरओएसका लागि जिम्मेवार समुहले गुणस्तरिय मापदण्डप्रति सटिक ध्यान दिँदै, प्रयोगकर्ताका प्रतिक्रियाहरु लाई पनि निकै गम्भीरतापूर्वक प्राथमिकतामा राखेका छन् । आधिकारिक भर्जन रोलआउट गर्नुपूर्व हामीले ९२ हजार परीक्षकहरुमार्फत बग्सका बारेमा जानकारी र तिनका प्रतिक्रिया लिँदै हजारौँ ट्रायल भर्जनमा हजारौँपटक परिमार्जन गरेका छौँ ।’
विश्वभरका १ सय ४० देशमा कलरओएसका ३ सय ५० मिलियन प्रयोगकर्ता रहेका छन् भने यो ८० भन्दा बढी भाषामा उपलब्ध गरिएको छ । आरएण्डडी समूहले कलरओएस सेवन ट्रायल भर्जनका प्रयोगकर्ताहरुद्वारा प्रेषित सल्लाह–सुझाव तथा प्रतिक्रियालाई विशेष प्राथमिकता दिँदै तिनले चाहेका फिचर्सहरुलाई आधिकारिक भर्जनमा समावेश गरिएको कम्पनीले जनाएको छ ।
ओप्पो फाइन्ड एक्स, फाइन्ड एक्स सुपरभोक इडिसन, फाइन्ड एक्स आटोमोलि ल्याम्बर्गिनी इडिसन, रेनो टेनएक्स जुम, रेनो, रेनो टू, रेनो टूएफ, आर१७ प्रो, एफ११ प्रो र एफ११मा कलरओएस सेवेनको आधिकारिक भर्जन अहिले नै उपलब्ध गराइसकिएको कम्पनीको भनाइ छ । अन्य ओप्पो स्मार्टफोन्सका लागि कलरओएस सेवेन अपडेट जुन र जुलाईमा गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार जुन महिनामा एफ९, एफ९ प्रो, एफ सेभेन, एफ सेभेन१२८ जी, ए फाइभ २०२०, ए नाइन २०२० र जुलाई महिनामा ए९१ को आधिकारिक भर्जन उपलब्ध गराइने बताइएको छ ।