काठमाडौं, जेठ २२ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले कर विवरण एवं कर रकम बुझाउने समय असोज मसान्तसम्म थप्न सरकारसँग माग गरेको छ । नाडाले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण लामो समयदेखि सबै किसिमका आर्थिक कारोबार मात्र थप नभई उत्पादन र वितरणलगायत सम्पूर्ण आपूर्ति प्रणाली नै बन्द रहेको अवस्थामा सरकारले तोकेको समयमा कर बुझाउन नसकिने जनाएको छ । नाडामा महासचिव सुनिल रिजालले एक विज्ञप्ति जारी गर्दै व्यवसायीहरुले कर विवरण र कर रकम विभागले तोकेको समयमा बुझाउन कठिन भएको मौखिक रुपमा जानकारी दिँदै आएकोले व्यवसायीहरुको जायज र न्यायोचित मागलाई सम्बोधन गर्ने गरी आयकर, मूल्य अभिवृद्धिकर, अन्तःशुल्कको विवरण र कर रकम बुझाउने म्याद असोज मसान्तसम्म थप गर्न सरकारसँग आग्रह गरेका छन् ।