काठमाडौं : खेलाडी सल्लाहकारहरुबाट घेरिएपछि पूर्वमन्त्री समेत रहेकी नागरिक उन्मुत्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र उनका श्रीमान् रेशम चोधरीबिच बढ्दै गएको विवाद फागुन ३० गते विहान प्रधानमन्त्री प्रचण्डको एक फोनले मिलाइदिएको छ । नाउपामा प्रदेशमा १२ र संघमा ४ जना सांसद रहेका छन् । सुदूरपश्चिम प्रदेशमा सरकार बनाउन निर्णायक मानिएको नाउपाका संस्थापक अध्यक्ष चौधरीले त्यस प्रदेशमा मुख्यमन्त्री र केन्द्रमा एक मन्त्री तथा एक राज्य मन्त्री पाए मात्र सरकारलाई समर्थन गर्ने बताउँदै आएका थिए तर पार्टी अध्यक्ष रञ्जिताले प्रदेशको कुरा छोडेर केन्द्रमा आफुलाई मन्त्री दिए सरकारमा सहभागी हुने अडान लिएपछि लोग्नेस्वास्निको झगडाले पार्टी फुट्ने अवस्थामा पुगेको थियो । तर बुधबार विहान प्रधानमन्त्री प्रचण्डले चौधरीको माग पुरा गर्ने बताएपछि तत्कालन नाउपा फुट्ने सम्भावन टरेको छ । श्रीमान् चौधरी जेलमा रहेको बेला श्रीमती श्रेष्ठ खेलाडी सल्लाहकारहरुसंग घेरिएपछि उनीहरु बिच विवाद बढ्दै गएको बताइएको छ ।