काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन ५८ दशमलव ५८ अंकले उकालो लागेको बजार बजार परिसुचक नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार दुई दशमलव ४८ अंकले ओरालो लागेर २१ सय आठ दशमलव ७२ बिन्दुमा झरेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ४८ अंकले ओरालो लागेर तीन सय ७४ दशमलव ६५ बिन्दुमा झरेको छ ।
धितोपत्र बजारमा आज तीन सय १० वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसअन्र्तगत ७३ हजार पाँच सय छ पटकको कारोबारमा एक करोड आठ लाख ८९ हजार छ सय ३४ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम चार अर्ब २४ करोड ८५ लाख २३ हजार तीन सय ३२ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएकोमा सात वटा उपसमुहहरुको सुचक ओरालो लागेर बाँकी उपसमुहहरुको सुचक उकालो लागेका छन् ।