काठमाडौं,बचतकर्ताहरुको अबौंँ रकम हिनामिना गरेका सहकारीका संचालकले बचतकर्ताको रकम फिर्ता दिन नसकेपछि सहकारी पिडीतहरु सडकमा निस्किएका छन् । ललितपुरका बिभिन्न स्थानमा खुलेका केहि सहकारीहरुले बचतकर्ताको रकम फिर्ता नदिएपछि उनीहरु आन्दोलनमा उत्रिएका छन् । सहकारी ठगहरुलाई सरकारले कानूनी दायरामा लिएर कारबाही गर्नुपर्ने उनीहरुले माग राखेका छन् । आफ्नो रकम फिर्ता गराईदिन उनीहरुले सरकार समक्ष माग राख्दै आन्दोलन गरिरहेका छन् । ललितपुरका बिभिन्न ठाउँहरुबाट झण्डै दुई हजारको संख्यामा आएका पिडीतहरु ललितपुरको कुपण्डोल हुँदै काठमाडौं तिर प्रवेश गरेका छन् । बचतकर्ताको रकम हिनामिना गर्ने सहकारी संस्थाहरु र तिनका संञ्चालक बिरुद्ध ब्यानर नै बनाएर आन्दोलन गरेका छन् ।