काठमाडौँ । माछापुच्छ्रे बैंकले पोखरामा हालै उद्घाटन भएका बिगमार्ट सुपरमार्केटहरूमा १० प्रतिशत छुट दिने भएको छ । बैंकका ग्राहकले डेबिट अथवा क्रेडिट कार्डको माध्यमबाट गरेका कारोबारमा उक्त छुट बैंकले प्रदान गर्न लागेको हो । बैंकले ग्राहकले डेबिट कार्डमार्फत कारोबार गरेको खण्डमा प्रतिव्यक्ति १० प्रतिशत वा बढीमा दुई सय रुपैयाँसम्म क्यासब्याक तथा क्रेडिट कार्डमार्फत कारोबार गरेको खण्डमा अधिकतम दुई सय रुपैयाँसम्म छुट पाउने व्यवस्था गरेको हो । यो क्यासब्याक बिगमार्टका रामबजार, पर्स्याङ, बगर, शितलादेवी र फूलबारी शाखामा उपलब्ध छ ।
बैंकले हाल देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यावसायिक सम्झौता गरी आफ्ना ग्राहकहरूलाई आकर्षक छुट प्रदान गर्दै आइरहेको छ । यस प्रकारको सम्झौताले गर्दा ग्राहकहरूलाई सुविधालगायत व्यापार व्यवसाय तथा पर्यटन प्रवर्द्धनमा सघाउ पुग्दै आइरहेको छ । साथै, बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने उद्देश्यका साथ ग्रिन बैंकिङलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम् डिजिटल उत्पादन तथा सेवाहरू सञ्चालन गरिरहेको छ ।