गण्डकी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदका स्मृतिमा स्थापना भएका विद्यालयलाई सरकारले अनुदान बढाउने बताएका छन् । कास्कीको पोखरा महानगरपालिका–१४ स्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालयको अवलोकनपछि आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले आगामी आर्थिक वर्षदेखि अनुदान थप्ने प्रतिबद्धता जनाए ।
“सहिद स्मृति प्रतिष्ठानको नेतृत्वमा सञ्चालित देशका पाँचवटै सहिद स्मृति विद्यालय सञ्चालन राज्यले नै गर्नेगरी नयाँ मोडलको खोजी भइरहेको छ”, प्रधानमन्त्रीले भने “अनुदान दयही वर्षदेखि बढ्ने विश्वास तपाईंहरूलाई दिलाउन चाहन्छु । उनले सहिद स्मृति विद्यालयहरू नमूनाका रूपमा स्थापित भएकामा खÞुसी व्यक्त गरे ।
सो अवसरमा प्रधानमन्त्रीले विद्यालयको अवस्थाबारे जानकारी लिएका थिए । विभिन्न कार्यक्रममा सहभागी हुन आज पोखरा आएका बाह्रखरी गल्फ प्रतियोगिताको समापन समारोहमा पनि सरिक थिए । उनले प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरेका थिए ।