काठमाडौं,सीआईबी प्रमुख किरण बज्राचार्यसहितको टोलीले भेप र ब्रेक सुमार्फत भएको सुन तस्करीको अनुसन्धानमा केही हाई–प्रोफाइलहरूको स्वार्थअनुसार उनीहरूलाई जोगाइदिने गरी गरेको अनुसन्धान नै त्रुटिपूर्ण रहेको भन्दै सुन तस्करीसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगले सीआईबीको सेट नै परिवर्तन गरी विभागीय कारबाही गर्न सुझाव दिएको थियो ।
सीआईबीको उक्त टोलीले सुन तस्करीमा जोडिएका अभियुक्त जीवन चलाउनेलाई अनुसन्धानको लागि भन्दै समातेर ब्युरोमा उपस्थित गराए पनि सेटिङमा पछि भगाएको अभियोग रहेको छ । चलाउने हालसम्म पनि फरार रहेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।सोही सुझावअनुसार एक्सनमा उत्रिएका गृहमन्त्री रवि लामिछानेले सीआईबी प्रमुख एआईजी बज्राचार्य, एसपी सञ्जयसिंह थापा र डीएसपीहरू रुगम कुँवर र दुर्गा दाहाललाई शुक्रबार नै हेडक्वार्टर तानेर विभागीय कारबाही सुरु गरेका छन् । बज्राचार्यलाई हेडक्वार्टरमा तानेपछि रिक्त रहेको सीआईबी प्रमुखको पदमा गृह मन्त्रालयले तत्कालको लागि एनआईजी श्यामलाल ज्ञवालीलाई पठाएको छ ।