काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि नेपाल एसबीआई मचेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । आइतबार एक कार्यक्रमका बीच नेरुडे मिर्मिरे लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल र नेपाल एसबीआई मर्चेन्टका तर्फबाट प्रबन्ध सञ्चालक एवम् प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन । कार्यक्रममा दुवै संस्थाका उच्च पदस्त कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
सम्झौतापत्रअनुसार सेयर दाखिल खारेज, नामसारी, धितो बन्धक, अभौतिकीकरणलगायत सेयर रजिस्टे«सनसम्बन्धी सम्पूर्ण कार्यहरू गर्नका लागि नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड, लेखनाथ मार्ग, ठमेल, काठमाडौंमार्फत आइतबारका दिनदेखि नै प्रारम्भ भएको छ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड आपसमा गाभिई मिति २०८० फागुन ३० गतेदेखि नेरुडे मिर्मिरे लघुवित्तको नामबाट राष्ट्रियस्तरको लघुवित्तको रूपमा एकीकृत कारोबार शुभारम्भ गरेका थिए ।