काठमाडौं । एमएडब्लु वृद्धिले सेरेस ग्रुपको सोकोन ईसी ३६, ११ सिटर इलेक्ट्रिक भ्यान नेपालमा सार्वजनिक ल्याउने भएको छ । कम्पनीअनुसार यो इलेक्ट्रिक भ्यान चाँडै नै सार्वजनिक गर्ने तयारी गरिएको छ ।
अप्रिल महिनादेखि बिक्री वितरण सुरु गर्ने पनि योजना रहेको कम्पनीले एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ । कम्पनीका अनुसार सेरेस समूह चीनको माइक्रो–भेहिकल निर्यात बजारमा अग्रणी स्थानमा रहेको छ, यो समूहको गाडीले युरोपेली संघको प्रमाणीकरण प्राप्त गर्ने पहिलो चिनियाँ अटोमोटिभ ब्रान्डहरू एकको रूपमा पहिचान पनि पाएको छ ।
यस समूहले स्मार्ट इलेक्ट्रिक गाडीहरू, सुपर अर्बन एसयूभीएस, कम्प्याक्टःपीभीएस, इलेक्ट्रिक लाइट कमर्सियल गाडीहरू उत्पादन गरेको छ ।