काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन १० दशमलव ६२ अंकले ओरालो लागेको बजार परिसुचक नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने तीन दशमलव २७ अंकले ओरालो लागेर दुई हजार ७३ दशमलव ५३ बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३० अंकले उकालो लागेर तीन सय ५९ दशमलव ५६ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय तीन वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट आज ५३ हजार दुई सय ५६ पटकको कारोबारमा ७४ लाख ५९ हजार चार सय २४ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब ८८ करोड ५६ लाख ३७ हजार आठ सय १८ रुपैंयाँ बराबरको सेयर किनबेच भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, लगानी, उत्पादमुलक र निर्जीवन बीमा उपसमुहको सुचक ओरालो लागेका छन् भने बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा सहितका नौं वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।