काठमाडौँ । सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का रहेको जानकारी दिएका छन् । उक्त विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।