काठमाडौं,सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका नेकपा माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् । जिल्ला अदालत काठमाडौंले महरालाई अस्पताल भर्ना गराउनू भनेर आदेश दिएपछि उनी अस्पताल भर्ना भएको बुझिएको छ ।