काठमाडौं । कोकाकोलाले आयोजना गरेको ‘काठमाडौं इज कुकिङ’ को दोस्रो संस्करणमा दुई दर्जन बढी मोमो स्टलहरू स्टलहरू राखिएको जनाइएको छ । कम्पनीका अनुसार सो कार्यक्रममा २५ भन्दा धेरै मोमो स्टलहरू राखिएका थिए ।
चर्चित भारतीय गायक पापोनसहित प्रजिना, जोन एन्ड द लोकल्स, भेक, द एलिमेन्ट्स र सुशान्त घिमिरेजस्ता नेपाली कलाकारहरूको प्रस्तुति रहेको कन्सर्टमा १७ हजारभन्दा धेरै दर्शकहरूले उत्साहपूर्ण सहभागिता देखिएको थियो । उक्त कार्यक्रममा फोहोर व्यवस्थापनकै लागि भनेर छुट्टै फोहोर व्यवस्थापनको समूह परिचालन गरिनुको साथै कुहिने र नकुहिने फोहोरको लागि छुट्टाछुट्टै बिनहरू राखिएको थियो ।