काठमाडौं । रमेश कर्पले आफ्नो संस्थापक स्वर्गीय रमेश गुप्ताको जन्मजयन्तीको अवसरमा उनको स्मृतिमा सोमबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले हरेक वर्ष चैत ५ गतेलाई वार्षिक अवसरको रूपमा सामाजिक सेवा गरेर मनाउने गरिएको जनाएको छ ।

कम्पनीले यस वर्ष चौथो स्थापना दिवसमा काठमाडौंको जगडोलमा वृक्षारोपण कार्यक्रम सञ्चालन गरेको थियो । साथै, कार्यक्रममा कम्पनीका कर्मचारीहरूलाई सम्मान समेत गरिएको कम्पनीले जनाएको छ ।