काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन तीन दशमलव ३४ अंकले ओरालो लागेको बजार परिसुचक नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि १५ दशमलव ३७ अंकले ओरालो लागेर दुई हजार ४८ दशमलव ५७ बिन्दुमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ६१ अंकले ओरालो लागेर तीन सय ६५ दशमलव ४२ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय १५ वटा कम्पनीहरुको ५२ हजार तीन सय १७ पटक सेयर किनबेच भएको छ । जसबाट एक करोड ८५ लाख ५२ हजार सात सय पाँच कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम चार अर्ब ३१ करोड ३० लाख १७ हजार सात सय १३ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये ट्रेडिङ उपसमुहको सुचक उकालो लागेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।