काठमाडौं, जेठ २५
नेको इन्स्योरेन्स कम्पनीको २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले शुुक्रबार काठमाडौँमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट आठ दशमलव १६ प्रतिशत नगद लाभांश पारित गरेको छ । सभाबाट करसहित १० करोड ७४ लाख रूपैयाँ र सोमध्ये लाभांश करबापत ५३ लाख ७३ हजार रूपैयाँ पारित भएको हो ।
सभाले संस्थापक सेयरधनीहरूको तर्फबाट रमेशकुमार निरौला, धु्रब्रचन्द्र गौतम, भरतकुमार अधिकारी र साधारण सेयरधनीको तर्फबाट रोहितकुमार भट्टराईलाई निर्विरोध निर्वाचित समेत गरेको छ । सभापश्चात् बसेको नवनिर्वाचित सञ्चालकहरूको बैठकले सञ्चालक रमेशकुमार निरौलालाई कम्पनीको अध्यक्षमा चयन गरेको छ । नवनिर्वाचित अध्यक्षले बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं समक्ष र सञ्चालकहरूले कम्पनीका अध्यक्ष रमेशकुमार निरौला समक्ष सपथ ग्रहण गरेका छन् ।
हाल चुक्ता पुँजी एक अर्ब ३१ करोड ७४ लाख ३२ हजार रूपैयाँ रहेको कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा २४ करोड १० लाख ६३ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा २५ करोड १५ लाख ६३ हजार रूपैयाँ रहेको थियो ।