काठमाडौं, जेठ २५
नेपाल बैंकले चालू आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिमा एक अर्ब ९९ करोड ६५ लाख ८३ हजार एक सय ५१ रूपैयाँ खुुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा बैकले दुुई अर्ब २४ करोड ५५ लाख ७६ हजार आठ सय ४१ रूपैैयाँ खुद मुनाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी नौ अर्ब ८१ करोड ११ लाख ४८ हजार रूपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब २२ अर्ब ७० करोड तीन लाख ६६ हजार पाँच सय ५७ रूपैयाँ निक्षेप संकलन गरी एक खर्ब एक अर्ब ६७ करोड ८६ लाख छ हजार एक सय २३ रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार अर्ब २१ करोड ८२ लाख ४६ हजार सात सय रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ६४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा बैंकले एक खर्ब १७ अर्ब २० करोड सात लाख ८८ हजार नौ सय ३८ रूपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ४२ करोड १६ लाख ३७ हजार दुुई सय ५९ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब ७२ करोड ५२ लाख ५५ हजार तीन सय ८४ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ७७ प्रतिशत कर्जा रहेको थियो ।