काठमाडौं, जेठ २५
हिमालयन बैंकले चालू आर्थिक वर्षको पछिल्लो अवधिमा दुुई अर्ब ३१ करोड ७१ लाख ७४ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा दुुई अर्ब ४४ करोड ७६ हजार रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी नौ अर्ब ३७ करोड २२ लाख ८१ हजार रूपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब १६ अर्ब ३२ करोड ४४ लाख ८३ हजार रूपैयाँ निक्षेप संकलन गरी एक खर्ब पाँच अर्ब ८२ करोड १० लाख ३३ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन अर्ब ८४ करोड २४ लाख ६४ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको वितरणयोग्य नाफा ८२ करोड ८७ लाख ६३ हजार रूपैयाँ रहेको बैंकमा निष्क्रिय कर्जाको अनुपात एक दशमलव ११ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा बैंकले एक खर्ब नौ अर्ब ३८ करोड ७० लाख ६० हजार रूपैैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ६९ करोड ७३ लाख १८ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब ७५ करोड ३४ लाख ३६ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ३१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।